नारायण लिंखा देवान

काठमाडौं – टुँडिखेलमा आज किराँत जाती को महान चाड उभौलीको सुअवसरमा आज पनि किराँत राई जाती हरुको विभिन्न थर,पाछा वान्तवा,कुलुङ्ग,थुलुङ्ग,चामलिङ आदी हरु भेला भैआफ्नो देवि,देवताहरुको पुजा आराधना गरी चण्डीनाच नाची भब्य तरिकाले मनाइयो।

सो कार्यक्रममा प्रमुख अतिथि किराँत यायोखा केन्द्रीय कार्यलयका उपाध्यक्ष जिवन हताक्षोले तिन चुला (राई जाती को चुल्हो ढुंगा) मा अग्नी प्रजवलन गरी उदघाटन गर्नु भयो।

सो कार्यक्रममा माननीय यज्ञराज सुनुवार,माननिय सुरेन राई र जसपाका वरिष्ठ नेता असोक राई,ससस्त्र प्रहरी बल का भु.पु. आइ. जि. दुर्ज मान राई ,नेपाल राष्ट्रीय अनुसन्धान केन्द्र का भु.पु. एस.एस. पी. (कानुन बिज्ञ) किवा हाङ्ग राई किरात यायोखा का पदाधिकारी तथा सदस्यहरु, उद्योगब्यवसायीहरु ,पत्रकारहरु,मानवअधिकार कर्मी ,सर्वसाधारणको उल्लेखनिय उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया