काठमाडौं – नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका कुल ४० लाख नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ । साथै लवर्टी इनर्जी कम्पनीको नौ दशमलव ९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको छ दशमलव १७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको पाँच दशमलव ७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य चार दशमलव ९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी लक्ष्मी इक्विपटी फण्डको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको चार दशमलव ४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कनस्ट्रक्सन लिमिटेडको चार दशमलव २१ प्रतिशत, सुपर माइ हाइड्रोपावर लिमिटेडको तीन दशमलव ९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९ दशमलव आठ पुगेको छ ।

तपाईको प्रतिक्रिया