मेष

यो साता परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला ।

बृष

समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

मिथुन

सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । मङ्गलवारबाट सफल यात्राको योग देखिन्छ ।

कर्कट

सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

सिंह

यो साता अधुरो काम पूरा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता भइएला ।

कन्या

सामाजिक कामहरू समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन ।

तुला

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पढाईमा सहजता मिल्नेछ । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला ।

बृश्चिक

राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

धनु

यो साता सामान्य नै रहनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।

मकर

आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कुम्भ

माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ । पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मीन

यो साता आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा नै होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम सम्बन्धको कोपिला फक्रनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ

तपाईको प्रतिक्रिया