इलाम – इलाम क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचत भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणाममा सुहाङ २७ हजार ७७२ मत सहित विजयी भएका हुन् ।\

सदरमुकाम इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा भएको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का दोस्रो भए । उनले २१ हजार ९४२ मत पाएका छन् ।

उनी सुहाङ भन्दा ५,८३० मतले पछि परे । त्यस्तै , स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४५७ मत प्राप्त गरेका छन् । उनी तेस्रोमा बने । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहे । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया