काठमाडौं –  इलाम–२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमाण्डर समेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

तपाईको प्रतिक्रिया