काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्रको पोस्टरमा एन्जिला र अभिनेता दयाहाङ राई फिचर्ड छन् ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा चलचित्रमा रहेको संकेत गर्छ ।

इलाम, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा एन्जिला स्वयं मुख्य भूमिकामा छन् ।
उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, प्रेम कुमार श्रेष्ठलगायतको अभिनय रहेको छ।

 

 

तपाईको प्रतिक्रिया