काठमाडौं – बद्री पंगेनी र रचना रिमालको स्वरमा रहेको ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ ।

पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा सरल ढंगले प्रस्तुत गरेका छन् ।

पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ ।

मनोज कार्कीको सम्पादन, राजेश घिमिरेको छायांकन रहेको भिडियोमा सागर लम्साल ‘बले’अनु रेग्मी,नन्दा बस्याललगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया