काठमाडौं – मिस तामाङ २०२४ को उपाधि रिया लामाले हात पारेकी छन् । काठमाडौं स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले उनलाई ताज लगाइदिएकी थिइन्।

२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्न विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए ।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन्।

निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, सञ्चारकर्मी गंगा लामा र पूर्व मिस तामाङ सुमी मोक्तान रहेका थिए।

विजेता बनेकी रिया लामाले नगद रु १ लाख, उप विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले रु ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएकी छन्।

 

तपाईको प्रतिक्रिया