काठमाडौं – जापानमा भएको रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् ।

जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।

भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे ।

हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेका छन् । एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।

तपाईको प्रतिक्रिया