Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – सांस्कृतिक संस्थानद्वारा आयोजित नेपालको पहिलो महिला उपसभामुख एवं साहित्यकार श्री लीला श्रेष्ठ सुब्बाको स्मृति एवं सम्मानमा उहाँद्वारा लिखित लीलाको सातौं ऋतुमा आधारित कविता वाचन तथा विमर्स कार्यक्रम सम्पन्न भएको छ ।

कविता वाचनको क्रममा अनिता लामाद्वारा ‘सातौं ऋतु,’ रामविनयद्वारा ‘मान्छे पशु भैदिए हुन्थ्यो,’ पूर्वमन्त्री एवं कवि शान्ता मानवी अदि कविहरुले कविताहरु वाचन गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाद्वारा लिखित कविता संग्रह लीलाको सातौं ऋतुमा समावेश १० वटा कविताहरु वाचन गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि वैरागी काईलाको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा स्रष्टा परिचयको क्रममा प्राज्ञ सुलोचन मान्नधरले लीला श्रेष्ठ सुब्बाको जीवनमा भएका उतारचढाव तथा वहाँका व्यक्तिगत कुराहरुको चित्रण गर्नुभएको थियो भने कार्यक्रम संचालन कवि अनिता लामाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया