एजेन्सी – यो संसारमा हरेक मानिसको हरेक चाहना हुन्छन् । जुन बिचित्र लाग्छ। यस्तै बिचित्रको शोख भएका जर्मनीका एक व्यक्तिले आफ्नो शरिरमा ४ सय ५३ वटा प्वाल पारेका छन्।

ओयक्तिको नाम रोल्फ बुचोल्ज हो । उनले ती सबै प्वालहरूमा मुन्द्रा र टप लगाएर हिड्छन्। सबैभन्दा बढि ठाँउमा छेड्ने ब्यक्तिको रुपमा रोल्फले आफ्नो नाम गिनिज बुकमा समेत दर्ता गरिसकेका छन्।

५३ वर्षीय रोल्फ कम्प्युटर विशेषज्ञ हुन्। उनले करिब १२ वर्ष अघि देखी आफ्नो शरिरमा यस्ता प्वाल पार्न थालेका थिए। उनलाई शरिरमा प्वाल पार्ने शोख यति बढ्यो की उनले आफ्नो शरिरमा ४ सय ५३ ठाऊँमा प्वाल पारे। उनले आफ्नो गोप्य अंगमा २ सय ७८ वटा प्वाल पारेका छन्।

तपाईको प्रतिक्रिया