मेष

नयाँ कामतर्फ अग्रसर भइनेछ। सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। सप्ताहान्तमा पारिवारिक समस्याले सताउन सक्छ।

बृष

तपाईको लागि यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईको बोली र वाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन

स्थिति अनुकूल बन्नाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। दाजुभाइसँगकाे समझदारीले बाहिरी व्यवधान समाप्त हुनेछन्। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला।

कर्कट

प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ ।

सिंह

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। आलोचकहरूको चलखेल बढ्ने सम्भावना छ।

कन्या

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

तुला

आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह पनि हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक

खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

धनु

मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ।

मकर

आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कुम्भ

श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। लगनशीलताले अवसर पनि दिलाउनेछ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

मीन

आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

तपाईको प्रतिक्रिया