सुजन लोपेन, रसुवा,

सामाजसेवी नर्स प्रतिमाले गत्लाङमा स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । स्वस्थ र शिक्षित समाज निर्माण अभियानका अभियान्ता सामाजसेवी नर्स प्रतिमाले मिति २०७८÷५÷१९ गतेका दिन आमाछोदिङमो गाँउपालिका वडा नम्बर ३ स्थित गत्लाङ स्वास्थ्य चौकीलाई उप–प्रमुख नविना लामा र वडा अध्यक्ष दावा गोम्बो तामाङको उपस्थितिमा निम्न सामाग्री वितरण गरेका छन् ।


१. अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान
२. नेवुलाईजर मेसिन २ थान
३. हिट्टर २ थान
४. फोल्डिङ बेड १ थान
५. बेड म्याट्रिस १ थान
६. बेड शिड १ थान
७. सिरानी १ थान
८. सिरानी कभर १ थान


‘तपाईको सामाजिक कार्य प्रति हामी गर्व छौं यसरी नै अगाडि बढ्दै जानुस् हाम्रो शुभकामना अनि साथ समर्थन रहनेछ ।’ भन्दै सम्पुर्णले बधाई तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया