Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उनीहरुमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला छन जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् ।

पछिल्लो समय गरिखाने कामलाई एकातिर राखी समाज र मुलुक बनाउने काममा अहोरात्र खटिरहेकी आशा ओझा दाहाल आम व्यक्तिभन्दा फरक छिन् ।

उनले भनिन्– विदेशमा कति सरसफाइ हुन्छ, एकले अर्कासँग बोल्दा कति नम्र भएर बोल्छन् । यस्तो सकारात्मक सन्देस दिन असल आचरणको विकास गर्न मैले सकेसम्म खटिरहेकी छु । आशा आशावादी पनि छिन् । म एकजनाले गरे अर्कोले सिक्छ उसले फेरि अर्कोलाई सिकाउंँछ । पेसाले उधोगि आशा ओझा दाहाल ले हेन्डीक्राफमा ठूलो संघर्ष गरेकी छिन् ।

आफ्ना कलिला दुई छोरा छोरीलाई घरमा छाडेर उधोगमा संघर्ष गर्नुको पीडा उनी अहिले पनि बिर्सन सक्दिनन् । स्कुलमा पड्दा देखि म मा एउटा सोच थियो धेरै काम गर्छु पैसा कमाउ छु , ठुलो मान्छे भयसी सामाजिक काम गर्छु समाज मा फरक सन्देश दिन्छु भन्ने सोच थियो । लामो ब्याबसायिक यात्रा पछि उनलाई अब सामाजिक योगदान पनि दिनुपर्छ भन्ने पुरानो सोच उर्लेर आयो परिवार को पनि पूरा सहयोग भएकाले अब मेरो सोच साच्चिकै पूरा हुने मा विस्वस्थ छु । धेरै बिकाश भएको देश को प्रगती जानकारी समाचार र पुस्तक का पाना मा मात्र भेटेकि उनी पछिल्लोपटक आफू नै धेरै देशको भ्रमण गरेर धेरै कुरा सिक्न पाएकोले निकै खुसी छिन र यस्तो जानकारी विदेशमा देखेको प्रविधि ,मिहेनत सभ्यता र आचरण यहाँ पनि लागु गर्नआवश्यक भएको बताउँछिन् ।


नागरिकको भावनामा सकारात्मक विकास नल्याई देश विकास सम्भव हुदो रहेनछ भन्ने लागेको छ । आम नागरिकको आचरण सुधार एवं त्यसको अभिवृद्धिका लागि आधार तयार गर्नुपर्छ । त्यसका लागि नेपाल को मिडियाले पनि यस्ता प्रकारका जानकारी भएका देश बिदेश घुमेका बिकास देखेका प्रगति को चाहाना राख्ने र आफुले पनि योगदान दिन सक्ने सम्पूर्ण नेपालीमा सकरात्मक भावना जागृत गराउन सक्ने सकरात्मक सोच भएको धेरै नै सामाजिक अभियान्ताहरु आवश्यकता रहेको उनी ठान्छिन् ।

केही बर्ष अगाडी नेपाल भन्दा कमजोर आर्थिक अबस्थाका मुलुकहरु आज मिहेनतले बिकास भएका केही बिकशीत मुलुकमा पुगेर हेरेकी आशा ओझा दाहाल लाई के विश्वास छ भने नागरिकको आनीबानीमा सुधार भए देशविकासले गति लिन्छ । नैतिक शिक्षाको अभावका कारण मानिसहरू अविवेकी भएको उनले बताइन् । किताबी ज्ञानले मात्र बालबालिकाहरूको सर्वाङ्गीण विकास हुँदैन भन्ने उनलाई लाग्छ ।

उनको पहलमा चाडैं नै काठमाडौ उपत्यकाका केहि विद्यालयहरूमा नैतिक शिक्षाको कक्षा पनि संचालन गर्ने योजना छ । असभ्य बानी हटाउन उमेर पुगेका मानिसहरूको बोलीमा सुधार ल्याउने अभियान उनको छ । उनको सकरात्मक कामको खबरले खुसी हुँदै नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लाल बाबु पन्डित ,पुर्ब उप रास्ट्रपति प्रमान्न्द्द झा , पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल , पुर्व उपप्रधान मन्त्री कमल थापा तथा विभिन्न संघ सस्था र मिडिया हाउसहरु द्धारा दर्जनभन्दा बढि उपाधी बाट सम्मानित भईसकेकी छ्न । यस्ता सम्मानले मैले समाजमा अझै धेरै काम गर्न बाकी रहेको दायित्व प्राप्त भएको र यो कामलाई निरन्तरता दिन हौसला पाएको बताईन् ।

उनी ,न्यु दाहाल ट्रेडर्स की म्यानेजिङ्ग डाईरेक्टर हुन । ठमेल हेन्डीक्राफ प्राली काठमाडौकी प्रो.प्राईटर समेत हुन ।उनी लामो समय देखि हेन्ड्री ग्राफ पेशामा आवद्ध छिन। हेन्ड्री ग्राफ ब्यबासायिहरु उनलाई सफल अग्रज महिला उधोगिको रुपमा चिन्छन । उनी हाल जनसागर सहकारीको उपाध्यक्ष , ईजि लिन्क ग्रुप कि फाउन्डर, यस्का साथै दर्जन भन्दा बढी व्यावसायिक कम्पनिमा प्रत्यक्ष लगानी गरि सयौ लाई रोजगारी दिईसकेकि छन । उनि आधा दर्जन बढी सामाजिक सस्था मा पनि आवद्ध छिन्।

तपाईको प्रतिक्रिया