Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हरि थापा “किरण”

काठमाडाैं – सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर), काठमाडौंको मूल-आयोजना र अनुशीलन कला पाठशाला, पोखराको सह-आयोजनामा आगामी चैत २२ देखि २६ गतेसम्म पोखरामा “राष्ट्रिय नृत्य निर्देशक कार्यशाला-२०७५” को आयोजना हुने भएको छ। संस्थानले दिएकाे जानकारी अनुसार सार्वजनिक सूचना प्रकाशित गरी कार्यशालामा सहभागी हुनका लागि सातै प्रदेशका ईच्छुक नृत्य निर्देशकहरुलाई चैत १५ गतेसम्मकाे समय सिमा निर्धारण गरी आवेदन दर्ता गर्न अनुराेध गरीएकाे छ। एउटा प्रदेशबाट कम्तिमा ७/७ जनाको दरले कार्यपत्र प्रस्ताेताको छनोट गरी कार्यक्रममा सहभागी गराइने र कार्यक्रम अवधिभर खाने बस्ने व्यवस्था आयोजकले नै गर्ने भएकाे छ। देशभरिका नृत्य निर्देशकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यशालाको आयोजना गर्न लागिएको कुरा संस्थानका महाप्रबन्धक राजेश थापाले बताउनु भएकाे छ।

कार्यक्रम सम्बन्धि विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहाेस्

अावेदन फर्म Download गर्नुहाेस्।

तपाईको प्रतिक्रिया