Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

किरण थापा मगर

काठमाडाैं – सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीवार आयोजना गर्दै आएको “सुर–साधना” कार्यक्रमको आठौ शृङ्खलामा नेपाली गीत संगीतलार्इ आफ्नो अमुल्य पेशाको रुपमा अँगालेर अगाडि बढिरहेकी चर्चित अनि सुमधुर स्वरकि धनि गायिका राधिका भण्डारीको एकल गायन सम्पन्न गरेको छ।


सांस्कृतिक संस्थानको अध्यक्ष उद्योग रार्इको अध्यक्षता निमित्त महाप्रबन्धक कृष्ण गुरुङ्गको स्वागत मन्तव्य र जंग पहाडिको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ शास्त्रीय गायक धन बहादुर गोपाली, अतिथिको रुपमा वरिष्ठ संगीतकार राजु सिंह, गीतकार आनन्दरत्न बज्राचार्य लगायतका वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। गायन प्रस्तुतिमा अब्बल मानिएकि गायिका राधिका भण्डारीले कार्यक्रमको शुरुवात शास्त्रिय संगीतबाट गर्नु भएको थियो। उहाँले चन्द्रकुमार श्रेष्ठको रचना संगीत रहेको “श्याम कल्याण” बोलको राग र धन बहादुर गोपालीको रचना तथा दिपक कौडियाको संगीत रहेको “बुझेर सार सृष्टिको” भन्ने बोल रहेको भजन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम अवधिभर संस्थानका कलाकारहरूले वाद्यवादनमा साथ दिनु भएकाे थियाे ।

बिगत डेढ दशकदेखि नेपाली गीत संगीतको गायन विधामा क्रियाशील गायिका भण्डारीले ज्ञानदेव कटुवालको रचना र राज सिग्देलको संगीत रहेको “तिमीलार्इ पाउने आशा”, आनन्दरत्न बज्राचार्यको रचना र शुशिल विश्वकर्माको संगीत रहेको “आफ्नो मान्छे परार्इ भयो”, शरण प्रधानको रचना/संगीत रहेको “म आँखैमा राखिने”, राम अविरलको रचना र शुशिल विरश्वकर्माको संगीत रहेको “गाउँबेशीको चोखो माया”, कुशुम गजमेरको रचना र रन्जित गजमेरको संगीत रहेको “गहिरो गहिरो सागर तिमीलार्इ” र राजेन्द्र थापाको रचना अनि चण्डी प्रसाद काफ्लेको संगीत रहेको “हलचल हलचल” बोलको गीतहरू प्रस्तुत गरेर उपस्थित संगीत पारखी दर्शकहरूलार्इ आफ्नो प्रस्तुति तर्फ आकार्षित गर्नु भएको थियो। पद्म कन्या क्याम्पसबाट २०७० सालमा संगीतमै मास्टर गर्नु भएकि गायिका भण्डारीले २०६० सालमा रेडियो नेपालबाट “आधुनिक गायन” विधा र २०६५ सालमा “शास्त्रिय संगीत” विधामा स्वर परिक्षा उत्तिर्ण गर्नु भएको छ । विभिन्न समयमा भएका गीत/संगीत प्रतियोगिताहरूमा उहाँले थुप्रै पुरस्कारहरू समेत हात पार्नु भएको छ। सबै विधाका गीतहरूलार्इ न्यायपूर्ण तरिकाले गाउन सक्ने गायिका भण्डारीको आवाजमा करिब छ दर्जन भन्दा बढि गीतहरू रेकर्ड भएका छन् ।

तपाईको प्रतिक्रिया