Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडाैं – ‘काक्तुङ आङ थेगु’ बोलको फेदापे लिम्बू पालाम मेन्छ्यायेम प्रोडक्सनले सार्वजनिक गरेको छ । अहिले लिम्बू गीतमा चर्चित गायिका गंगा फियाक र चलचित्र थात्थलोका गायक सन्जय लिम्बूको स्वरमा रेकर्ड गरिएको यस पालामको शब्द(लय खगेन्द्र पन्धाकले गरेका हुन् भने यसको निर्मात्री सिता तुम्बापो हुन् ।

थात्थलो चलचित्रमा शसक्त अभिनय गरेका किशोर कुमार लिम्बू र सिता तुम्बापोको जोडी जमेकोछ । खगेन्द्र पन्धाक लिम्बू कै निर्देशन र सम्पादन रहेको यस भिडियोमा लिम्बूहरूको परम्परागत सँस्कृतिलाई बृत्तचित्र झैं समेटिएकोछ । एक युगल लिम्बू परिवारका दामपत्यहरू लिुम्बू पालाम गाउन, नाच्न र रमाईलो गर्न कतिसम्म शौखिन हुन्छन र आफ्नो सँस्कृतिमा कति हदसम्म रमाउँछन भन्ने भिडियोले दर्शाउँछ ।
प्रमुख सहायक निर्देशन बिबी लिम्बू र सन्जय लिम्बू रहेको यस भिडियोको छायाङकन बिबी लिम्बू, पर्शुराम लिम्बू र खगेन्द्र पन्धाक लिम्बूले तेह्रथुमको सुन्दर वस्तीमा गरेका हुन ।
सुमी लिम्बूको सजावट रहेको यस भिडियोमा राजन राई, टिआर सेनेहाङ, ज्योति खापुङ, पोखरी क्लव तम्फुलाका कलाकार तथा स्थानीयहरूले अभिनय गरेका छन्

भिडियाे हेर्नुहाेस्…..

तपाईको प्रतिक्रिया