Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किरण थापा मगर

काठमाडौं – पछिल्लो समय अाफ्नाे पढार्इ सँगसँगै मोडलिङ क्षेत्रलार्इ पनि निरन्तरता दिँदै अाएकी मोडल मिना तामाङ्गले “न्यु वेष्ट मोडल” र “पिपुल्स च्वाइस” अवार्ड हात पार्न सफल भएकी छिन् ।

म्हेन्दोमाया म्युजिक अवार्डको तेस्रो संस्करण अन्तर्गत म्हेन्दोमाया ब्याटल गीतबाट उनले न्यु वेष्ट मोडल फिमेल अवार्ड हात पार्न सफल भएकी हुन् भने “पिपुल्स च्वाइस” अवार्ड पनि उनले नै हातमा पारिन् । सांस्कृतिक संस्थान(नाचघर)मा भएकाे म्हेन्दोमाया म्युजिक अवार्ड कार्यक्रममा नेकपा नेता तथा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङकाे हातबाट अवार्ड वितरण गरिएकाे थियाे। मोडलिङ्ग क्षेत्रमा पाईला सार्दै गरेकि  नव मोडल मिना तामाङले  यि दुर्इ अवार्ड जितेपछि खुशी व्यक्त गर्दै अाफूमा झन् चुनाैती र जिम्मेवारी थपिएकाे कुरा उल्लेख गरिन् । उनले यो सफलताकाे शुरुवातसँगै माेडलिङ्ग क्षेत्रमा केहि गर्ने अाँट र प्रेरणा मिलेको प्रतिकृया दिँदै भविष्यमा पनि सबैकाे साथ र सहयाेग रहने कुराकाे अपेक्षा गरिन्।

तपाईको प्रतिक्रिया