Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किरण थापा

काठमाडौं – सांस्कृतिक संंस्थानले हरेक महिनाको हरेक बिहिवार आयोजना गर्दै आएको “वाद्य(वन्दना” कार्यक्रमको दशौं श्रृङ्खलामा वरिष्ठ वाद्य(वादक अर्जुन चैनपुरेले आफ्नो वाद्य कला प्रस्तुत गर्नु भएको छ।

कार्यक्रममा अर्जुन चैनपुरेले विभिन्न तालमा आफ्ना वाद्ययन्त्रहरू एकतारे, मुर्चुङ्गा, तवला, मादल, म्युजिक वाउल आदि बजाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नु भयो। कार्यक्रममा गायक तथा सर्जक ध्रुव खड्काले वाद्यवादक अर्जुन चैनपुरेको वाद्यकलाको बारेमा चर्चा गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ अशोक राईले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न भू-भागमा बसोबास गर्ने विभिन्न जातजातिहरूले बजाउदै आएका नेपाली लोकबाजाको संरक्षणमा आफू सधैं लागि रहने कुरा व्यक्त गर्नु भयो।

मन्तव्यकै क्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रम “वाद्य-वन्दना”को शुरुआत र उद्देश्यको बारेमा प्रष्ट्याउँदै अर्जुन चैनपुरे जस्तो वरिष्ठ वाद्यवादकलाई यो शृङ्खलामा प्रस्तुत गर्न पाउँँदा गर्व महशुस भएको कुरा राख्नु भयो।

करिव चालीस वर्षदेखि आफ्नो वाद्यकला प्रस्तुत गर्दै आउनु भएका अर्जुन चैनपुरेलाई वाद्यवादनको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप नेपाल वाद्यवादक संघको अध्यक्ष आकाश थापा र सचिवले खादा ओढाएर सम्मान गर्नुभएको थियो।

वरिष्ठ वाद्यवादक अर्जुन चैनपुरे हाल पोखरामा रहेर म्युजिक थेरापीको सञ्चालनसँगै नेपाली लोक बाजाको संरक्षणमा पनि क्रियाशील हुनुहन्छ।

तपाईको प्रतिक्रिया