Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ  – उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।

बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।

यो नियम हटेसँगै बिहान साढे ११ बजेदेखि उपत्यका सबै नम्बरका गाडी गुड्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया