Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – निकै चर्चामा रहेको नेपाली चलचित्र  ‘थात्थलो ’ को ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक भएको छ ।

बैचारिक सौन्दर्यमा बनिएको उत्त चलचित्रको लेखन निर्देशन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन भने यसमा निर्देशककै शब्द सङ्गीत रहेकोछ । खगेन्द्र पन्धाक लिम्बू सङ्गीत र साहित्यसँग जोडिएको नाम पनि हो । किशोर कुमार लिम्बु , खगेन्द्र पन्धाक लिम्बु र सीता तुम्बापो निर्माता रहेको ‘ थात्थलो ’  चलचित्रमा दुई गीत समावेश छन् भने झुम्के बुलाकी बोलको गीतमा अबिर पन्धाक लिम्बू र शुस्मा लिबाङ लिम्बूको आवाज रहेकोछ ।  फिल्मको मुख्य भुमिकामा रहेका उक्त गीतमा पनि सुमी लिम्बु र कञ्चन थलङको अभिनय रहेको छ ।  गणेश गुरुङको सङ्गीत संयोजन, सेवा ईन्टरटेनमन्टको रेकर्डिङ र सानु पुन मगरको मिक्सिङ रहेको गीत रेन्बो रेज मेडियाबाट वर्ड प्रिमियर भएकोछ ।

पूर्वको संखुवासभा, तेह्रथुम र ताप्लेजुङका अति रमणीय स्थलमा छायाङ्कन भएको यो गीत ठेट नेपाली लयमा आधारित छ । आउँदो नोवेम्बर १८ देखि हङहङमा प्रदर्शन हुदैछ ।

भिडियो हेर्नुहोस् ……………….

तपाईको प्रतिक्रिया