Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तेह्रथुम – तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो ।
धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो ।

यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरीसमेत थिइन् । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई त्यसैले उनीहरु खुसीराजीले लिभिङ टुगेरमा बस्न पुगे । मन्थलीले खुसीको दिन आएजस्तो महसष गर्न थालिन् ।

झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलार्य नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ बर्षीया जावलाखेल क्ष नाम परिवर्तन् लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय वितेर तीन बर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।

एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको ।
रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित् भइन् । भोली पल्ट छोरी प्रहरीको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन ।
परिसरमै छोरीलाई काखमा राखेर माया साटिन् । तर उनको खुसीको क्षण केहि बेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुब्र्यबहार र मार्ने धम्कीले गर्दा घर छोड्नु परेको बताईन् ।

होमवर्क गरिरहेकै बेला कथित बाबुले गरेका सबै कर्तुत् र पीडा जस्ताको तस्तै सुनाईन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाईन् । – नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया