Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – खुल्ला देशव्यापी एकल नृत्य २०७५(पर्वत स्टार डान्स)को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् ।

राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउपालिकाकी बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् ।

सोनी फिल्मस् प्रा.लि.को आयोजनमा भएको खुल्ला देशव्यापी एकल नृत्य २०७५ (पर्वत स्टार डान्स  ) खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि स्मृती चपागाईले चुुम्न सफल भइन भने तेस्रो स्थान विहादी गाउँपालीका रानीपानीकी सृष्टि सुनवार र सान्तोवना पुरस्कार स्याङजा ग्लायाङकी लोचन आलेले हात पारिन ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद सहित विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मस् बाट निर्माण हुने चलचित्रमा अनुबन्धन पनि गरिएको छ ।

यो प्रतिगितामा सहभागी हुदाका अनुभवहरु कस्ता रहे ? आगामी योजनाहरु के – कस्ता छन् ? यसै विषयमा गरिएको विशेष कुराकानी नमस्ते टाइम्सका प्रतिनिधि भागिरथ पोखरेलको साथमा हेर्नुहोस् भिडियो..…………….

भिडियो………………………….

 

तपाईको प्रतिक्रिया