Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ। ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ। तर भेनेजुएलाका अधिकारीहरुले भने छ दशमलब तीन म्याग्नेच्युटको भूकम्प गएको बताएका छन्।

भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ। शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ।

भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ। मानिसहरुलाई खुला ठाउँमा राखिएको छ। गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताएका छन्। उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। – एजेन्सि 

तपाईको प्रतिक्रिया