Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – पूजा सुनुवार अहिले नेपाली सांगीतिक क्षेत्रमा निकै व्यस्त गायिकाहरुमा गनिन्छिन् । यो उनको पछिल्लो समयका कामका परिणामहरुले पनि पुष्टि गर्छ । देश-विदेशका सांगीतिक कार्यक्रमहरुको व्यस्तताको बाबजुद पनि उनको नयाँ-नयाँ गीतहरु हामी माझ आइरहेका छन् ।

केही समय अगाडि मात्र तीज गीत सार्वजनिक गरेकी पूजाले भर्खरै फेरि अर्को मेलोडी नम्बर ‘एकोहोरो माया…’ सार्वजनिक गरेकी छिन् । युट्युब मार्फत विश्वव्यापी रुपमा भिडियो सहित रिलिज गरिएको नयाँ गीत ‘एकोहोरो माया…’ (One side love) उनको सांगीतिक करिएरमा एउटा नयाँ आयाम जस्तै बनेर आएको छ । यो गीत अहिले पूजा सुनुवारले गाइरहेका कमर्सियल गीतहरु भन्दा निकै मौलिक छ ।

एकपछि अर्को सांगीतिक प्रोजेक्टमा व्यस्त हुने क्रममा अहिले सार्वजनिक भएको म्युजिक भिडियोमा रहेको गीत ‘एकोहोरो माया…’ मा खलानको मान्छे को शब्द र अनिष श्रेष्ठको संगित रहेको छ । त्यस्तै जिआरजी कुमारको संगित संयोजन रहेको उक्त गीत शाइन वेव स्टुडियोमा रेकर्डिङ भएको हो । भिडियोमा क्यामेरा सुरेन्द्र श्रेष्ठले चलाएका हुन भने सम्पादन पनि उनकै रहेको छ ।

यो गीतले वानसाईड लभ गर्दा एउटा प्रेमी या प्रेमिकाले गर्ने अनुभूति र नियतिको बारेमा बोलेको छ । अक्सर मान्छेले कसैलाई एकतर्फी माया गर्‍यो र त्यो कुरा उसले माया गरेको मान्छेलाई भन्न सकेन भने कस्तो मनोदशा बाट गुज्रिनु पर्छ भन्ने विषयमा गीतले चित्रण गरेको छ । शब्द अनुरुपको उपयुक्त संगीत र स्वर पाएको छ भन्ने कुरा यो गीत सुन्दा सबैले महसुस गर्न सक्नेछन् । सांगीतिक बजारमा मौलिक स्वर र छुट्टै इतिहास कोर्दै अगाडि बढिरहेकी गायिका पूजालाई भन्नेहरुले ‘अर्गानिक’ गायिकाको उपमा समेत दिन भ्याईसकेका छन् । खासगरी लोक पप प्याटर्नका गीतहरु गायर चर्चित बन्दै गरेकी पूजा अहिले आफ्नो भर्सटायल गायिकाको परिचय बनाउदै गइरहेकी छिन् । उनको आवाज अहिले लोक दोहोरी र मेलोडी नम्बरहरुमा पनि प्रसस्तै सुन्न थालिएको छ ।

भिडियो………………………………….

तपाईको प्रतिक्रिया