Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – नेपाली गीत संगीतको बजारमा गीत आउने क्रम भने जारि नै भएको बेला पि एण्ड के ईन्टरटेन्मेन्टको प्रस्तुति रहेको “उदाएको बिहानी”बोलको गीतको एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।

राजधानीमा आयोजति एक कार्यक्रममा गीतकार एवम् वरिष्ठ (संगीतकार) प्रमुख अतिथि बि.बि. अनुरागीले उक्त गीति एल्बमको बिमोचन गरेका हुन । भिडियो एल्बम “बिहानी” को बिमोचन समारोह विशेष अतिथि गायक कमल खत्री , सभापति एस के दाहाल अन्य अतिथि पत्रकार हरु माधब खरेल ,गिता अधिकारी ,भोला अधिकारी भागिरथ पोखरेल, सहित अन्य चर्चित कलाकारहरुको पनि बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन भने हरि पंगेनीले गरेका थिए ।

यस गीतमा विजय सिङ र स्वरुपा रसईलिको सुमधुर आवाजमा रहेको छ । गीतमा शब्द पूर्ण सिङको रहेको छ भने संगीत गायक स्वंमको रहेको छ । यो म्यूजिक भिडियोको गीतलाई देबेन्द्र कुवरले निर्देशन गरेका हुन् । जनक राज अधिकारीले भीडीयो छायाकन गरेका हुन् भने गोबिन्द डाइमण्डले सम्पादन गरेका छन् । पुस्कर दाहाल र ऋतु तामाङको अभिनय रहेको यस गीत  Songs Nepal Youtube Channel बाट भिडियो सार्वजनिक भएको छ ।

भिडियो……………………………….

तपाईको प्रतिक्रिया