एजेन्सी – रूसमा जारी विश्वकप फुटबलकाे क्वाटर्र फाइनलबाटै ब्राजिल बाहिरिएकाे छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको हाे ।

बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे हाे । यसअघि बेल्जियमले सन् १९८६ मा भएकाे विश्वकपमा सेमिफाइनल खेलेकाे थियाे ।

यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो । त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको भए पनि शुक्रबारकाे खेलमा भएकाे हार ब्राजिलका लागि अनपेक्षित थियाे ।

हालसम्म सर्वाधिक विश्वकप उपाधि जितेकाे ब्राजिलका लागी १३ औं मिनेटमा भएकाे आत्मघाती गोल नै हारको मूल कारण बन्यो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । बेल्जियमका लागि डी ब्रुइनले ३१ औं मिनेटमा गाेल गर्दै २-० काे अग्रता कायम गरे । रोमेरु लुुकाकुुको पासमा ब्रुुइनले गोल गरेका थिए ।

पहिलो हाफमै २–० ले पछि परेको ब्राजिलले खेलकाे उत्तरार्धतिर ७६औं मिनेटमा बल्ल एक गोल फर्काउन सक्याे, तर याे जितका लागि पर्याप्त थिएन ।

बेल्जियमलार्इ याे यात्रा तय गर्न सजिलाे थिएन । समूह चरणका सबै खेल जितेको भए पनि नकअाउट चरणका खेलमा बेल्जियमल सुरुमा २–० ले पछि परेको थियाे, तर पछि जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियाे । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षपछिकाे पहिलो टिम बनेकाे छ । अब सेमिफाइनलमा फ्रान्ससँग बेल्जियमकाे राेचक भिडन्त हुनेछ ।

यस हारसँगै ब्राजिलकाे पछिल्ला २५ खेलको अपराजित यात्रा समाप्त भएकाे छ । उता बेल्जियम भने मार्टिनेजको प्रशिक्षणमा खेलेका पछिल्ला २४ खेलमा अपराजित यात्रा जारी राख्दै अगाडि बढिरहेकाे छ ।

तपाईको प्रतिक्रिया