Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्व फुटबलका महान खेलाडीहरु पेले र म्यारोडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन र आउन सकेको पनि छैन । तर, अहिले बहस तिव्र बनेको छ । वर्तमानका महान खेलाडी को हुन् त ? लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो वा दुबै ।

दक्षिणि अमेरिकी फुटबललाई माया गर्ने अझ भनु स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरुका लागि मेस्सी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छन् । त्यस्तै युरोपेली फुटबल मनपराउने र रियल मेड्रिडलाई पछ्याउनेहरुका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनालडो मेस्सी भन्दा अबल ठहरिन सक्छ ।

दुबैका दाबी आआफ्नो ठाउँमा सही छन् । वर्षौ पिच्छे विश्वका सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने बालोन डिअर अवार्डको विगत हेर्ने हो भने समर्थकका तर्कमा खोट लगाउन मिल्दैन। पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सी बाहेक त्यहाँ अन्यको नाम भेटाउन सकिदैँन । चालु विश्वकपमा मेस्सी र रोनाल्डोका टिम एकैदिन बाहिरिएपछि सामाजिक सञ्जालमा विश्वभर आक्रोश देखिए ।

नकआउट खेलमा पालैपालो पराजित भएसँगै अहिलेको विश्वकप फुटबल जगतका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी सन्यास बारे चर्चा सुरु भएको छ । यसबीच अन्य थुप्रै खेलाडीहरुले यो विश्वकपमा हारेपछि सन्यास लिइसकेका छन्  ।

तपाईको प्रतिक्रिया