Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!


काठमाडौं – कवि जंग पहाडीको आज राष्ट्रिय नाचघर जमलमा एकल कवितामा नाटक मञ्चन भएको छ ।

सांस्कृतिक संस्थान ,एमआर थिएटर र कला साहित्य मन्दिरको संयुक्त आयोजनामा सपन्न कार्यक्रममा पहाडीले एक दर्जन कविता बाचन गरेका थिए । कविता वाचन संसंगै नाटक पनि मञ्चन भएको थियो । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्राय जसो सांस्कृतिक संस्थानका २३ औँ ब्याजका  अभिनय विधाका विद्यार्थीहरुले नाटकमा अभिनय गरेका थिए ।

नाटकमा देसना टण्डन ,अशिम गुरुङ , लक्ष्मी तामांग, जुना अछामी, ईश्वर थापा,सबिन भट्टराई, गीता राई, गीता थापा, सबनम सिलवाल, संखर अछामी, रामचन्द्र सिवाकोटी, क्षितिज घिसिङ्ग,हिरोज लोप्चन, रुपा पौड्याल, दिपेन भण्डारी, राजन बानिया, अमितेश कर्ण, मनिषा खातुन, खप्पु चंचल मगर, छेमी डोल्कर शेर्पा आदिको अभिनय रहेको थियो

उक्त कार्यक्रममा ‘ तिम्रो चित्रमा ’ कविताबाट वाचन गरेका कवि पहाडीले ‘ सपनाले ब्युझाई दिएको रात ’ ‘ एउटा एकल साझ ’ ‘ तुवालो लागेको आकाश ’ ‘ सेतो सिसा ’ ‘ अराजक बादर ’ ‘ सेतेकी आमा र रिक्सा ’ ‘ मानव सरोबर ‘ आदि वाचन गरेका थिए । क्रमश यसका सहायक निर्देशक – सवनम सिलवाल, गीता थापा, अमृत स्वार, दिपेन भण्डारी , लक्ष्मी तामाङ, इश्वर थापा, जुना अछामी अमितेश कर्ण , फौद बाबुले नाटकमा निर्देशन गरेका थिए , भने यसका प्रमुख निर्देशक बिरेन्द्र हमालले गरेका थिए ।


सदाझै महिनाको दोस्रो हप्ता साहित्यिक कार्यक्रम अन्तरगत आजको कार्यक्रममा सदाको भन्दा भिन्न र पृथक बनेको थियो ।  किन भने कविता संसंगै नाटक मञ्चन भएको सम्भवत यो पहिलो श्रींखला हो । कार्यक्रमको सञ्चालन भने राजेन्द्र सलबले गरेका थिए ।

भिडियो……………………

 

तपाईको प्रतिक्रिया