काठमाडौं –  गायिका देवी आले र किरणबावु पुनको  ‘ कलेजी काट्यो मायाले  ’ बोलको लोक शैलीको गीत सार्वजनिक भएको छ ।

गायिका आलेलाई गायक तथा संगीतकार किरणबावु पुनले स्वरमा साथ दिएका छन् भने शब्द र संगीत पनि पुनकै हुन् ।

म्युजिक भिडियोमा दर्शकले अधिक मात्रामा रुचाएका हास्य टेलिसिरियल ल्याप्चे का कथा लेखन तथा मुख्य पात्र दिलिप तामाङ्ग ‘ हुरहुर्र’ र मोडलिङ क्षेत्रमा केही संभावना बोकेकी सरु नायाजुको दमदार अभिनय रहेको छ । प्रकाश लिम्बुको निर्देशक रहेको उक्त भिडियोमा छायांकन तथा सम्पादन खगेन्द्र पन्धाक, लिम्बु, बि बी लिम्बु र पर्शु लिम्बुले गरेका हुन् ।

भिडियो…………………………………………

 

तपाईको प्रतिक्रिया