Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विराटनगर – मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन ।

उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् ।

आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया