काठमाडौं – युवा कवि रुपक अलंकारको एक दर्जन शास्त्रीय छन्दको कविता वाचन सपन्न भएको छ ।

सांस्कृतिक संस्थानको आयोजनामा सम्पन्न कार्यक्रममा रुपकले बाह्र वटा कविता वाचन गरेका थिए । ति कविताहरु मध्ये उहाँका सहयोगी कविहरू ज्ञानु विद्रोहीले ‘बाग्मतीको चिठी सगरमाथालाई’ शीर्षकको, जय गौडेलले ‘यो देशको ऐन खै ? र काउसो’ शीर्षकका, केशव भट्टराईले ‘रापती’ र ‘कामना’ शीर्षकका कविता वाचन गर्नु भयो ।

जनसाहित्यिक मञ्च नेपाल तथा साहित्य सन्ध्याका अध्यक्ष साहित्यकार राम विनयको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले स्वगत मन्तव्य दिदै हरेक महिनाको दोस्रो बिहीबार वाध्यवादनलाई , तेस्रो बिहीबार कवितालाई र चौथो बिहीबार सङ्गीतलाई दिएर एक – एक जना विशिष्ट स्रष्टालाई उपस्थित गराई कार्यक्रम गर्ने योजना भएको बताए । उहाले भन्नु भयो – ‘यो राष्ट्रिय नाचघरको मञ्चलाई साहित्य, कला, वाध्यवादनर सांस्कृतिको केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य राखेका छौ । ’

उक्त कार्यकमको टिप्पणीकारको रुपमा रहेका प्राध्यापक एवम् छन्दशास्त्रका विज्ञ डा. देवी नेपालले रुपक अलंकारको कविता माथि टिप्पणी गर्दै भन्नु भयो आज यहाँ सुनाएका एक दर्जन कवितामा अहिलेको युवा पुस्तामा नितान्त गाउँले प्राकृतिक शब्द चयन गर्ने कवि रुपक अलंकार भएको बताउदै ,कस्ता मान्छे र कुन ठाउँमा कस्तो रचना सुनाउने भन्नेसम्मको हेक्का राख्ने कविका रूपमा उनी स्थापित भइरहेका छन्, वाचित कवितामा व्यङ्ग्य र करुणा उत्तिकै जमेर प्रस्तुत भएको छ, छन्दमा कविता लेख्नेलाई कृत्रिमताको आरोप पनि लाग्ने गरेको छ तर रूपक यो आरोपबाट मुक्त छन् ।’

प्रमुख अतिथि राम विनयले कार्यक्रममा बोल्दै जिउँदा र सार्थक सपना देख्ने र देशलाई सही बाटोमा डोहोर्याउनका लागि देश र जनताका पक्षमा सिर्जना गरी नराम्रा पक्षमा खबरदारी गर्नु स्रष्टाको आजको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रम सञ्चालन भने कवि रमेश पोखरेलले गर्नु भएको थियो ।

  एक दर्जन कविता वाचन भिडियो ………………………….

तपाईको प्रतिक्रिया