काठमाडौं – हरेक हप्ता शनिबार ८ः ३० बजे एनटिभी प्लसबाट प्रसारण हुने हास्य टेलिसिरियल चलचित्र ल्याप्चेलाई अन्त्य गर्दै नयां हास्य टेलिसिरियल ओ माइ गड (OMG) ल्याप्चे ग्रुपले ल्याएका छन् ।

नेपाली हास्य सिरियल चलचित्र ल्याप्चेको १२३ औ भागसम्मको यात्रा बिड मार्दै  ओ माइ गड (OMG )शुरुवात गरेको निर्माता मित्र तामाङले जानकारी दिए ।
दिलिप तामाङको कथा लेखन रहेको सो टेलिसिरियल प्रकाश लिम्बुले निर्देशन गरेका छन् । ओ माइ गड को पहिलो भाग दर्शकमाझ आइसकेका छन् । अब हरेक हप्ताको शनिबार नै You Tube मार्फत हेर्न सकिनेछ । यो हास्य टेलिसिरियल समाजमा व्यक्त रहेका विकृति– विसंगतिहरुलाई चिरफार गर्ने यसको मुख्य उद्देश्य रहेको निर्देशक लिम्बुले बताए । आगामी दिनहरुमा ओ माइ गड ले( OMG )ले ल्याप्चे ले भन्दा धेरै फरक र सन्देशमुलक OMG हास्य सिरियल बन्ने निर्माण पक्षको दाबी छ ।

अर्को फरक प्रसंगमा ल्याप्चे यति धेरै दर्शक / स्रोता माझ लोकप्रिय बन्दै गइरहेको बेला पनि हामीले केही प्रविधिक कठिनाइ कारणले  यसलाई विड मार्नु परेको निर्माण पक्षले जानकारी दिए ।

बिबी लिम्बु र पर्शु थलङको छायांकन /सम्पादन रहेको उक्त सिरियलमा दिलिप तमाङ, प्रकाश लिम्बु, मित्र तामाङ, रोहित कार्की, लक्ष्मण लम्साल, लिला खड्का , अर्जुन थापा, दुर्गा खड्का, राज भण्डारी आदिको अभिनय रहेको छ ।

ओ माइ गड (OMG) पहिलो भाग यहाँ हेर्न सकिन्छ………………………

तपाईको प्रतिक्रिया