Loading…

Loading…

काठमाडौं – कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । मानवतस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई बिहिबार पक्राउ गरेको हो ।

मानव तस्करको आरोप लागेका खड्गीलाई सीआईबीको टोलीले ठमेलबाट पक्राउ गरेको हो । उनले दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा विभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गर्ने गरेको आरोप लागेको छ ।

मानव वेचविखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको सीआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…