Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  स्वर साम्राज्ञी स्व्र.अरुणा लामाको २० औं स्मृति दिवसको अवसरमा सोमबार सांस्कृतिक संस्थान ( रास्ट्रिय नाचघर) जमलमा अरुणा लामाका गीतहरु घन्किएका छन् ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा संस्थानका कलाकार साथै अहिलेका नयाँ पुस्ताका कलाकारहरुले एक दर्जन गीत गाएका थिए । संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चादनी मल्ल, टिका गुरुङ, राधिका भण्डारी , शिला बिष्ट,सपना लामा लागायतले सांगीतिक प्रस्तुति राखेका थिए ।

उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यबादनका साथमा उदास मेरो…. , एक्लै बस्दा……, सबैले भन्थे…, पोहोर साल……., आदि जस्ता कालजयी गीतहरु प्रस्तुत गरिएको थियो । वरिष्ठ गीतकार राजेन्द्र थापाले कुनै पनि काम गर्दा धैर्यता आवश्यक पर्छ भन्दै सांगीतिक क्षेत्रमा पनि त्यस्तो गुण लामामा रहेको बताए । यसैगरी अर्को वक्ता वरिष्ठ चलचित्र निर्देशक प्रकाश शायामीले नेपाली सांगीतिक क्षेत्रमा वरिष्ठ महिला गायिका स्वर. लामाले महत्वपुर्ण योगदान दिएको बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया