Loading…

Loading…

काठमाडौं – तीन जना यूवाको यौन मनोविज्ञानको कथालाई उठान गरिएको चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ ।

अभिनेत्री छुल्ठिम गुरुङलाई आइटम गीतमा नृत्य गराउदै चलचित्रको छायाँकन सकाइएको हो ।

यो गीतको भिडियोमा छुल्ठिमसँगै गौरव पहारि र कमलमणि नेपाललाई देख्न सकिन्छ । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ‘मिस्टर भर्जिन’लाई निर्देशक विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी छ ।

 

तपाईको प्रतिक्रिया

Loading…