Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अविन

 काठमाडौं – केही समय यता नेपालमा कलाकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या निक्कै बढेको छ , कतिपय लक्ष्यामा पुग्न सफल भएका छन् ,भने कतिपय बीच बाटौ मै अल्झिरहेका छन् । जसमध्ये यसै क्षेत्रमा भविष्य खोज्दै गरेका हुन् गोरन चौधरी ।

दाङको देउखुरी लंगढीमा जन्म भए पनि काठमाडौलाई कर्मथलो वनाउदै आएका चौधरी नृत्य र अभिनय विधामा आजभोली व्यस्त छन् । कलाकारिता क्षेत्रमा अझ निखार ल्याउन २०६० सालमा काठमाडौको याात्रा तय गरे लगतै २०६५ साल देखि यता निरन्तर रुपमा राष्ट्रिय नाचघरमा नृत्य संगै अभिनय विधामा कर्मचारीको रुपमा कार्यरत छन् ।

२०१२ छमछमीमा टप १० सम्म पुग्न सफल चौधरी १५- १६ वटा म्युजिक भिडियोमा प्रमुख भुमिका निभाएका छन् , भने आफ्नै निर्देशनमा २० २५ वटा भन्दा बढि म्युजिक भिडियो गरी सकेका छन । टेलिसिरियल तिर उत्तिकै व्यस्त नेपाली, थारु, भोजपुरी लगाएतका थुप्रै टेलिसिरियलहरुमा पनि अभिनय गरिसकेका छन् । उनले भने – ‘मेरो त नसा – नसामा नृत्य छ बरु अरु कुरा छाड्न सकिएला तर यो नृत्य शरिरले साथ दिएसम्म छाड्न सकिदैन । ’

तपाईको प्रतिक्रिया