Loading…

पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ ।

Loading…

नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले महानगरका ३३ वटै वडामा खेलकुद मैदान निर्माण गरिने र खेलाडीलाई प्रोत्साहन गर्ने खालको विशेष कार्यक्रम ल्याइने पनि बताउनुभयो ।

नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको धेरै सम्भावना रहेको र खेलाडीलाई हौसला दिन सके अन्तरराष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading…