काठमाडौं -मानिसहरु मानिस बेचिरहेका छन् तर मानिसहरु नै मौन छन् । देशका गाँउ गाँउमा दलालहरु बिटाका बिटा पैसा बोकेर छिरेका छन् । खल्ती भरी भएको पैसाले गाँउका छोरी चेली बेचेर आँफु धनी हुने सपना बोकेर सल्बलाएका दलालहरुलाई लखेट्नुको साटो उल्टै चिया, खाजा वा खाना खुवाएर स्वागत गरीरहेका छन् गाँउलेहरु ।

शिक्षाको उज्यालो पुग्न नसकेको गाँउका बा, काका, दाजुभाइलाई नै २/४ पैसा दिएर र रक्सी खुवाएर उनैका छोरी चेली बेचिरहेका छन् मानिसहरु । प्रहरी र प्रसाशन छ, अनि डलरको आडमा कलर फेरीएका एनजीओ, आइनजीओहरुले पनि आआफ्नो पसल थापेका छन् गाँउमा ।

तर काम गर्ने अनुमती नै नपाएको देशमा गई विदेशीको गाली ,कुटाइ र विभिन्न खाले शोषणमा पर्न विवश छन् यो देशका छोरी चेलीहरु । छोरी बेचेर आएको पैसाले भट्टीमा हल्लिँदै छन् आफ्नै भनाउँदाहरु ।

छोरीहरु त छोरीहरु नै हुन नी । चाहे तपाईका हुन्, हाम्रा हुन् वा बेचिएकाहरुका बा आमाका हुन् । सिमानामा पैसा खाएर छोरी बेच्न दिने र विमानस्थलमा सेटिङ गरी छोरी बेच्न दिनेहरुले आज एक छिन, मात्र एक छिन आफ्नी छोरीको आँखामा आंखा जुधाएर हेरुन् । फेरी पनि भन्छु बन्द गर्न सकिदैन तर कन्ट्रोल राता रात गर्न सकिन्छ ।

डराएर १० लाख तिरेको रेसुङ्गा अस्पतालको खुलासा । तीन थरि शिर्षकमा बालमैत्री अस्पतालको लुट- SIDHA KURA

 

तपाईको प्रतिक्रिया