Loading…

काठमाडौं – आगामी बर्ष रुसमा हुने विश्वकप फुटबल खेलको ड्र तालिका सार्वजनिक भएको छ ।

Loading…

रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । बिगतमा झैं विश्वकप खेल्ने ३२ राष्ट्रको टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

तालिका अनुसार स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने समूह डीमा अर्जेन्टिनासँगै नाइजेरिया परेको छ । मोरक्कोमा ड्र भएको थियो । जस अनुसार युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् ।रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ । यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ । विश्वकप २०१८को उदघाटन खेल भने अायोजक रसिया र साउदी अरेबियाबीच हुनेछ । यो खेल जुन १४ मा मस्कोमा हुनेछ ।

समूह ‘ए’ मा को-को परे ? 

१ . रुस

२. साउदी अरेबिया

३. इजिप्ट

४.  उरुग्वे

समूह ‘बी’ मा को-को परे ? 

१.पोर्चुगल

२. स्पेन

३. मोरक्को

४.  इरान

समूह ‘सी’ मा को-को परे ? 

१. फ्रान्स

२. अष्ट्रेलिया

३. पेरु

४. डेनमार्क

समूह ‘डी’ मा को-को परे ? 

१. अर्जेन्टिना

२.आइसल्याण्ड

३. क्रोएसिया

४. नाइजेरिया

समूह ‘ई’ मा को-को परे ?  

१. ब्राजिल

२. स्वीट्जरल्याण्ड

३. कोष्टारिका

४. सर्बिया

समूह ‘एफ’ मा को-को परे ? 

१. जर्मनी

२. मेक्सिको

३. स्वीडेन

४. दक्षिण कोरिया

समूह ‘जी’ मा को-को परे ? 

१. बेल्जियम

२. पनामा

३. ट्युनिसिया

४. इंग्ल्याण्ड

समूह ‘एच’ मा को-को परे ? 

१. पोल्याण्ड

२. सेनेगल

३. कोलम्बिया

४. जापान

तपाईको प्रतिक्रिया

Loading…