Loading…

Loading…

दोलखा – ‘महादान ’ सडक नाटक मतदाताहरुलाई लक्षित गरी तयार पारिएको यो नाटक आज दोलखाको सदरमुकाम चरिकोटबाट प्रदर्शन गरिएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बढी भन्दा बढी नागरिकलाई मतदानमा सहभागि गराउन र मत बदर हुने संख्या कम गराउन सडक नाटक प्रदर्शन गरिएको दोलखाका जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतिले बताउनु भयो ।

आजबाट शुरु भएको सडक नाटक मंसिर ६ गतेसम्म जिल्लाको विभिन्न स्थानमा प्रदर्शन हुनेछ । सडक नाटक साँस्कृतिक संस्थानसँगको सहकार्यमा निर्वाचन आयोगले प्रदर्शन गरेको हो ।

नाटक दोलखाको २ नगरपालिकाको २/२ स्थान र ७ गाउँपालिकाको १/१ स्थानमा प्रदर्शन गरिने साँस्कृतिक संस्थानका प्रतिनिधि संगीत लिम्बूले बताए ।

लोकेन्द्र लेखकको लेखन तथा निर्देशन रहेको नाटकमा आकाश थापा, संगित लिम्बु, जंग पहाडी, आकाश गोर्खाली, प्रलाप राई, दिपिका थापा, सोमिया सामत लगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

Loading…