Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – एमालेसँग स्थानीय तहको निर्वाचनमा थुप्रै स्थानमा पराजित भइरहेका बेला नेपाली कांग्रेसका एक नेताले दोष सबै एमालेलाई दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलसाँग कुरा गर्दै कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले एमालेको गलत नीतिका कारण कांग्रेस धेरै स्थानमा पराजय हुनु परेको बताए । ‘एमालेले ०५२ सालको स्थानीय निर्वाचनको ब्याज खाइरहेको छ’, उनले भने, ‘कांग्रेसले गरेका राम्रा कुरालाई पनि बङ्ग्याएर एमालेले जनतामा भ्रम छरेर जित हासिल गरेको छ ।’

निर्वाचनमा जनताले दिएको मतको कांग्रेसले सम्मान गर्ने बताएका नेता विश्वकर्माले भने, ‘कांग्रेस राष्ट्रिय राजनीतिलाई सम्हाल्न लाग्यो । एमाले जनतामा गएर मत माग्यो ।’

टिकट वितरणदेखि पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा कांग्रेसमा समस्या रहेको उनले स्वीकार गरे । उनले भने, ‘हामीले समयमा टिकट वितरण गर्न सकेनौँ । एमालेले एक महिना अगाडिदेखि टिकट वितरण गरेर प्रचारमा गयो । टिकट नपाएका साथीहरूलाई पनि सम्हाल्न सकिएन । अन्तरघात पनि भयो ।’

एमालेसँग फराकिलो अन्तरले पछाडि परिरहेका बेला कांग्रेसका नेताको यस्तो टिप्पणी आएको हो । Dainik Nepal

तपाईको प्रतिक्रिया