काठमाडौँ– एक महानगरसहित सात उपमहानगरपालिकामा अहिले मतगणना जारी छ ।
विराटनगर महानगरपालिकामा कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवारले ३१४० र उपमेयरले २३२३ मत पाएका छन् । एमालेले मेयरमा २२५८ र उपमेयरमा फोरम लोकतान्त्रिकले ११८८ मत पाएको छ । संघीय फोरम र माओवादी केन्द्रको गठबन्धनले मेयरमा १६७५ र उपमेयरमा १०१२ मत पाएका छन् ।
इटहरी उपमहानगरपालिकामा कांग्रेसले मेयरमा ४०७७ र उपमेयरमा ४०६६ मत पाएका छन् । नेकपा एमालेले मेयरमा ३९१० र उपमेयरमा २८१७ मत पाएका छन् । माओवादीले मेयरमा ५५१ र उपमेयरमा ६४१ मत पाएका छन् ।
धरान उपमहानगरपालिकामा एमालेले नेपाली कांग्रेसलाई उछिनेको छ । मेयरमा एमालेले २७०२ र उपमेयरले २८३२ मत पाएका छन् । काँग्रेसले मेयरमा २५७२ र उपमेयरमा २५३८ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १६२४ र उपमेयरमा ६९२ मत पाएका छन् ।
बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता कायम छ । मेयरमा एमालेले ६२८९ र उपमेयरमा ६९३६ मत पाएका छन् । नेपाली कांग्रेसले मेयरमा ६०६३ र उपमेयरमा माओवादी केन्द्रले ४३३२ मत पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयरले ५४१३ र उपमेयरमा ४६६४ मत पाएका छन् । नेपाली कांग्रेसले मयेरमा ४०७६ र उपमेयरमा ४२२२ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १३७० र उपमेयरमा १३३७ मत पाएका छन् ।
घोराही उपमहानगरपालिकामा एमालेका मेयरले ९९६१ र उपमेयरमा ९४१९ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरले ७३९७ र उपमेयरले ७३३४ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा ५३८८ र उपमेयरमा ५५७७ मत पाएका छन् ।
नेपालगंज उपमहानगरपालिकामा मेयरमा राप्रपाले ५०३८ र उपमेयरमा ३८०४ मत पाएका छन् । नेपाली काँग्रेसले मेयरमा २९६४ र उपमेयरमा ३८५८ मत पाएका छन् ।
धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा २४९२ र उपमेयरमा १३२० मत पाएका छन् । स्वतन्त्रले मेयरमा १९७४ मत पाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवारले २२०७ र उपमेयरमा ५०३मत पाएका छन् ।