मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।
...