फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा मेस्सीले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए । यस जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ ।

अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा रहेको छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले इक्वेडरलाई १–० ले हराएको छ । पाराग्वेले भेनेजुएलालाई २–१ ले हराएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया