अविन लिम्बू

काठमाडौं – महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् ।

त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’

तपाईको प्रतिक्रिया