काठमाडौं – नेपाल चलचित्र कलाकार संघको अग्रसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनलाई अर्थिक सहयोग गरेका छन् ।

नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष, नेपालकै पहिलो महिला रेस्लर तथा कलाकार भगवती खडकालाई संघका अध्यक्ष रबीन्द्र खड्काले २३ हजार रुपैयाँ आर्थिक सहयोग हस्तानतरण गरेका हुन् ।

नेदरल्यान्डमा रहनु भएकी अभिनेत्री वर्षा खडकाबाट सात हजार पाँच सय, समाजसेवी बिक्रम खड्काबाट पाँच हजार पाँच सय, नेपाल चलचित्र कलाकार संघ यूके शाखाको तर्फबाट पाँच हजार तथा संघकी कार्यकारिणी सदस्य तेजुला खतिवडाबाट पाँच हजार गरी जम्मा २३ हजार रुपैयाँ भगवती खड्कालाई प्रदान गरिएको हो ।

फाउण्डेसनकी अध्यक्ष भगवती खड्का कोभिडको दोश्रो भेरियन्टबाट पिडित हुनु भएको थियो भने उहाँको संस्थासंग आवद्ध ४०–४५ जना महिला रेस्लरहरूलाई निषेधाज्ञाको समयमा उहाँले नै राहत तथा आर्थिक सहयोग गर्नु परेको थियो ।

सहयोग रकम प्रदान गर्दै संघका अध्यक्ष खडकाले महिला रेस्लर भगवतीले रेस्लिङ साथै कलाकारिताको माध्यमबाट पुर्याउनु भएको योगदानको चर्चा गर्दै राष्ट्रिय प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नु पर्ने तर कहिँ कतैबाट सहयोग नभएको तथ्य औल्याउँदै प्रोत्साहनका लागि उहाँलाई सहयोग गरिदिन सबैमा अपिल गर्नु भयो ।

तपाईको प्रतिक्रिया