काठमाडौं – अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले यस उपाधि जित्न २८ वर्ष लाग्यो । यसघि अर्जेन्टिनाले सन् १९९३ मा उपाधि जितेको थियो ।

पहिलो हाफको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए । उक्त गोलले अर्जेन्टिनाले २८ बर्षपछि उपाधि जित्न सफल भएको हो। यसघि सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेको थियो । अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि उपाधि विहिन थियो । सन् २००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया