क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो ।
आज (बिहीबार) अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौश...