काठमाडौं – शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको खुला हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि सु्मन कुलुङ र महिलातर्फको उपाधि अनिता राइले हात पारेका छन् ।

गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रिय शाहिद तथा निजामती पार्कमा आयोजना गरेको २१ कि.मि. हाफ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका सुमन कुलङ र भोजपुरकी अनिता राईले जितेका हुन्।

कुलुङले १ घण्टा ११ मिनेट ११ सेकेण्डमा २१ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । ७५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका कुलुङले १२ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । संखुवासभाका पासाङ दोर्जी शेर्पा द्धितीय र भोजपुरका उमेश राई तृतिय स्थान प्राप्त गरेका छन् । उनीहरुले नगद ८ हजार, ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भोजपुरकी अनिता राईले १ घण्टा ३० मिनेट ३२ सेकेण्डमा २१ किलोमिटरको दुरी पार गरेर पहिलो भएका हुन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका राईले १२ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सिन्धुपाल्चोककी नितु तामाङ दोस्रो र प्यूठानकी हुमी बुढामगर तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले नगद ८ हजार, ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

३५ वर्ष उमेर समूहतर्फ काठमाडौँका धर्म महर्जन, गोर्खाका भीम गुरुङ र दाङका भीम बहादुर गुरुङ क्रमश पाहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् । उनीहरुले क्रमश नगद १२ हजार, ८ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

शेर्पा सञ्चार समूह नेपालका अध्यक्ष पासाङ शेर्पाले सञ्चार माध्यमले सबै क्षेत्रलाई समेटदै वृद्धि र विकासको लागि उत्तिकै तत्परता देखाउनु पर्ने भएको हुँदा यस संस्थाले शेर्पा समुदायकलाई पनि खेलकुदमा जागरुक गर्ने उद्देश्यले खेलखुदको माध्यमबाट आपसी सद्भाव सहिष्णुता कायम गर्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागरका साथै खेलाडी उत्पादनमा विशेष टेवा पुगोस भन्ने उदेश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको बताए ।

तपाईको प्रतिक्रिया